काठमाडौं – २ दशक भन्दा बढी समय देखि नेपाली संगीतमा सक्रिय लोकप्रिय गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’ र अमेरिका निवासी गायिका शान्ती गजमेर सुनारको सुमधुर स्वरमा सजिएको रोमाण्टिक भर्सनको ‘रिसाउ बरु सहन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यसमा शब्द नवराज भुमरी आचार्यको रहेको छ भने संगीत स्वयम् गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को रहेको छ। यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा गायिका शान्ती गजमेर सुनार र प्रिन्स बिश्वकर्मा फिचर्ड छन्।
कालिञ्चोक वरपरका रमणीय दृश्य समेटिएको भिडियोमा यस भिडियोमा शान्ती र प्रिन्स बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। प्रनव सुनार निर्माता रहेको यस भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।








