काठमाडाै‌ । यूएईमा हुने विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई १५ जना खेलाडीको नाम पठाएको छ ।

क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीपको नाम अटाएको छैन ।

अदालतले सन्दीपलाई विदेश जान रोक लगाएकाले उनी नेपाली टोलीमा छुटेका हुन् ।