काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।

आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो ।

वरीयतामा तीन स्थानमा माथि उक्लिएको नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेको छ ।

नयाँ ओडिआई वरियतामा भारत शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो स्थानमा छ।