काठमाण्डाै । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टाेलीकाे घाेषणा गरेकाे छ ।

राेहित पाैडेलकाे कप्तानीमा खेल्ने टाेलीमा पाैडेलसँगै कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, साेमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी रहेका छन् । यस्तै अर्जुन साउद सन्दीप जाेरा सूर्य तामाङ र किशाेर महताेलाई ‘रिजर्भ’ खेलाडीमा राखिएकाे छ ।

आउँदाे मङ्गलवारदेखि हुने प्रतियाेगिताका लागि क्यानले आइतवार १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे ।

एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।