भरतपुर । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशलाई ढाँटेको बताउनुभएको छ । 

आईतवार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रक्रिया पूरा नगरी निर्वाचनमा प्रतिष्पर्धा गर्नु भनेको देश, जनता, कानून, संविधानलाई ढाँट्नु भएको बताउनु भयो । उहाँले नेकपा एमालेलाई ७० वर्षसम्म नआएका प्रश्नहरुको सभापति लामिछानेले ७ महिना नपुग्दै यति धेरै जवाफ दिनुपर्ने स्थितिको सिर्जना भएको बताउनु भयो ।

उहाँले सभापति लामिछानेले दिएका भ्रष्टाचार, सुशासनका नारा जनतालाई भ्रम पार्नका लागि मात्रै भएको बताउनु भयो । उहाँले रास्वपा सभापति लामिछाने अग्र्यानिक क्याण्डिडेट नभएको बताउनु भयो । उहाँले सभापति लामिछानेले सार्वजनिक खरिद ऐनको विपरित ठेक्कापट्टामा निर्णय गरेको भन्दै बिरोध गर्नुभयो । 

सचिव भट्टराईले जनतालाई ढाँटेकोप्रति ५ वर्ष प्रायश्चित गर्नुपर्नेमा लामिछाने चुनाव उठिरहेको बताउनु भयो ।