काठमाण्डाै । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दै छ । खेल बिहान ९ बजे मूलपानी मैदानमा हुनेछ ।
प्रतियोगितामा अहिलेसम्म दुई खेल खेलेको नेपाल दुवैमा जित निकाल्दै समूह ‘ए’ को शीर्ष स्थानमा छ । साउदी अरेबिया चौथो स्थानमा छ । समूह ‘ए’ मा नेपालसहित ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् ।
यस्तै, आज समूह ‘बी’ का बहराइन र हङकङ पनि खेल्दै छन् । यो खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे नै हुनेछ । समूह ‘बी’ मा रहेको हङकङ शीर्ष स्थानमा छ । यो समूहमा हङकङसहित युनाइटेड अरब इमिरेट्स, बहराइन, कुवेत र सिङ्गापुर रहेका छन् ।







