काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् ।

महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुसार आफूलाई बदल्नुपर्ने बताएका छन्।

मतदातालाई सम्मान प्रकट गर्दै महामन्त्री शर्माले पार्टी रुपान्तरणमा नयाँ ढंगले जुट्ने पनि बताएका छन्।