काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले काँडेतार चलचित्रका कुनै दृश्यहरु संवाद नकाटीकन प्रदर्शन गर्न नदिए सेन्सर बोर्डबिरुद्ध अदालत जाने चेतावनी दिनुभएको छ ।
बुधवार चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सेन्सर बोर्डले चलचित्रका केही दृश्य र संवादहरु काटेर मात्रै प्रशारण गर्नभन्दै चलचित्र प्रशारणमा रोक लगाएको बताउनु भयो । उहाँले आफूले चलचित्रमा हटाउनैपर्ने कुनै त्यस्ता दृश्यहरु नरहेकाले सबै दृश्य र संवादहरु राखेर प्रर्दशन गर्न दिन आग्रह गरेको बताउनु भयो ।
अध्यक्ष खड्काले चलचित्र काँडेतारले सेन्सर सर्टिफिकेट नपाएको पनि बताउनु भयो ।







