काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। वैशाख १० को उपनिर्वाचनपछि चितवन–२ बाट निर्वाचित भएका लामिछाने पहिलोपटक प्रधानमन्त्री भेट्न गएका हुन्।

उनले सरकारमा जाने सम्भावना नरहेको बताउँदै आइरहे पनि प्रधानमन्त्री प्रचण्ड भने रास्वपालाई पनि सरकारमा सहभागी गराउने मनस्थितिमा रहेका छन्।