काठमाडौं। कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी रहेको छ ।
कांग्रेसबाट मन्त्रिपरिषद्मा पठाउने थप नामको टुंगो लगाउने बैठक बसिरहेको छ ।
पदाधिकारी बैठकमा नीति अधिवेशनको मिति, भ्रातृ संस्थाको कार्यसमितिको पूर्णता, विभाग गठन लगायतमा पनि छलफल हुने भएको छ ।







