काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै छ।

केन्द्रीय समितिको बैठक बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए।

यी दुवै बैठक काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न विषयमा छलफल हुने उनले बताए।

पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने विषयमा निर्णय गरिने बताइएको छ।