काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
झापामा वैशाख २९ देखि ३१ सम्म बस्ने केन्द्रीय समितिका लागि एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको हो ।
बैठक वैशाख २६ गतेका पार्टी केन्द्रीय कार्यालयमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
केन्द्रीय कमिटी बैठकमा पार्टीका आन्तरिक गतिविधि, उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।







