राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका नेताहरुलाई ‘लुटेराको छाउरा’ को संज्ञा दिनु भएको छ ।
आफूहरुलाई सामन्तवादका छाउरा भनेकोमा आपत्ति जनाउँदै उहाँले ठूला दलका नेताहरुलाई लुटराको छाउरा भनि टिप्पणी गर्नु भएको हो । आईतबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन एकताको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पूर्वअध्यक्ष लोहनीले देशका लुटेराहरुलाई मास्ने काम आफ्नो पार्टीले गर्ने चेतावनी समेत दिनु भयो ।
उहाँले लुटेराहरुको विरुद्धमा आवाज उठाउन सक्ने, उनीहरुको भण्डाफोर गर्न सक्ने, महिला हिंसाविरुद्ध आवाज उठाउन सक्ने पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उभ्याउन पार्टीमा आवद्ध महिला नेतृत्वले काम गर्नुपर्ने बताउनु भयो । पूर्वअध्यक्ष लोहनीले पार्टीको अडान र दृष्टिकोण संवैधानिक राजसंस्था र सनातन हिन्दु धर्म रहेको र यसमा आफूहरु दृढतापूर्वक लागिपर्ने पनि दोहो¥याउनु भयो ।
पूर्वअध्यक्ष लोहनीले योगमाया न्यौपाने नेपालमा महिला हक, अधिकारबारे बोल्ने पहिलो महिलायोद्धा भएको स्मरण गराउन उहाँको पथ अनुशरण गरेर अघि बढन पनि पार्टीका महिला नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।







