काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराजालाइ देशभर कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनी दिएका छन ।

आज एक पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वराजालाई अभिनन्दनलगायतका कार्यक्रमहरु रोक्न चेतावनी दिए ।

हिजो एक कार्यक्रममा राजावादीको समूहले खनालविरुद्ध नाराबाजी र हुलहुज्जत गरेका थिए । त्यसकै प्रतिवादमा आज खनालले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

उनले देशमा नयाँ मण्डलेहरु जन्माउन खोजिएको बताए । यदि राजनीति दलहरुविरुद्ध गुण्डागर्दी नरोकेमा पूर्वराजालाई देशभर कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनी खनालले दिए ।