काठमाडौं । ‘अलि अलि’ बोलको म्युजिक भिडियोलाई १४ दिनमा १० लाख बढी दर्शक स्रोताले हेरेका छन् । भिडियोमा ७ हजार लाइक्स र ४५० बढी सकारात्मक प्रतिक्रिया रहेको छ। भिडियोलाई मिडिया हाउस बाट समेत राम्रो साथ प्राप्त भएको छ।

लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण बस्यालको सुमधर स्वरमा सजिएको रोमान्टिक गीतमा युवा प्रेम र आकर्षणको भावानालाई समेटिएको छ। यस गीतमा शब्द किशोर पोखरेलको रहेको छ भने संगीत सरोज पोखरेलको रहेको छ। गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन्।

जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस गीतको म्युजिक भिडियोमा लक्ष्मण पुन लक्स र कामना फगामी मगर बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। गोविन्द विष्टले छायाँकन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सले सम्पादन गरेका हुन्। मिंग्मा शेर्पा सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘बेजिला फिल्म्स’को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।