काठमाडौं। गायक वाङ छिरीङ भोटिया र प्रीति रिमालको सुमधुर स्वरमा सजिएको ‘झल्को‘ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। स्वयम् गायक भोटियाको शब्द र लय संकलनमा रहेको यस गीतलाई दिनेश राजबाहकले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा गायक भोटिया र पैसा घिमिरेको अभिनय रहेको छ।

भिडियोमा गुरु भोटियाको छायाँकन र सम्पादन रहेको छ। मदन खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक भोटियाको युट्युव च्यानल ‘वाङ छिरीङ भोटिया‘ मार्फत सार्वजनिक भएको हो। केहि महिना अघि गायक भोटियाको स्वरमा रहेको ‘बर्दिबासको घाम’ दर्शक स्रोता माझ लोकप्रिय भैसकेको छ।