काठमाडौं – गायक पितम जिसीको सुमधुर स्वरमा सजिएको ‘कर्मै तारे भिर’ बोलको म्युजिक म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा एक नारायण भण्डारीको शब्द, संगीत रहेको छ। कमल सौरागको गीतमा संगीत संयोजन रहेको छ।
पीर र बेदनालाई समेटिएको यो मार्मिक गीतको म्युजिक भिडियोको छायाँकन गरिएको हो। स्वयम गायक जिसी फिचर्ड भिडियोलाई गोविन्द विष्टको छायाँकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक जिसीको युट्युव च्यानल ‘पिताम्बर जिसी‘ मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।








