काठमाडौं । गायिका ज्योती मगरले पल शाहको पक्षमा बाेलेकी छन ।
मंगलबार सामाजिक संजालमा स्टाटस लेख्दै उनले कानूनरुपमा टुंगिसकेको विषयलाई कोट्याइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।
ज्योती लेख्छिन्, ‘हिजो पल शाह नम्बर वान स्टार हुँदै गर्दा, उनले त्यहीँ काण्डवाला मिटिङमा बोल्दै गर्दा रेकर्ड गरिएको अडियो सार्बजनिक गर्नको लागि पैसाको डिल गर्नेहरु आज पललाई फेरी जिरोमा झार्नु पर्छ है भनेर लागेका छन् । बाँकी आफूलाई विवेकी ठान्नेहरु पनि ब्यक्तिगत रिस साँध्दै छन। अरुको त के कुरा गर्ने ?’
पल जेलबाट रिहा हुँदै गर्दा र चर्को लाइमलाइटमा परिरहँदा अन्तर्वार्ता दिन नमानेकाले उनलाई गिराउन पीडितको आँसु बेचेर अन्तरवार्तालाई भाइरल गराएको उनको आरोप छ ।
‘बाइ द वे, सन्दिप क्षेत्रीको सो हाँस्ने हँसाउने सो हो । रुने सो होइन भेडा हो । तपाईंहरु कानुन सिकाउनुहुन्छ । गलत र सत्यको प्रवचन दिनुहुन्छ । नेपालको सर्वज्ञानी सोच्नुहुन्छ तर तपाईंहरुको सोच कति दरिद्र छ त्यो तपाईं–हामी सबैलाई थाहा छ । अब आउनुस मुनिबाट गाली गर्न । म त सहानुभूति खोज्ने वाहवाहीको भोको केटी होइन । म मान्छे हुँ । जे सत्य हो, त्यही बोल्छु,’ उनले लेखेकी छन् ।







