आदिपुरुष
फ्यानहरू लामो समयदेखि प्रभास स्टारर आदिपुरुषको प्रतिक्षामा थिए । फिल्मको घोषणा भएदेखि नै मानिसहरु प्रभासलाई भगवान रामको भूमिकामा देख्न आतुर थिए । तर, रिलिज भएपछि जनतामा निराशा छाएको छ । यो फिल्म ६ सय करोडको लागतमा बनेको थियो । सुरुका दिनमा चलचित्रले टिकट विन्डोमा राम्रो व्यापार गरे पनि चलचित्रका केही आपत्तिजनक दृश्य र संवादका कारण आदिपुरुषलाई जनताले अस्वीकार गरेका थिए । फिल्मले भारतीय बक्स अफिसमा ३०० करोडको आँकडा पनि पार गर्न सकेन ।

ट्यूबलाईट
सलमान खान हिन्दी फिल्म उद्योगका सबैभन्दा ठूला स्टार मध्येका एक हुन् । उनका फ्यानहरु उनको फिल्मको प्रतिक्षामा छन् । भाइजानका फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरे पनि उनको फिल्म ट्युबलाइटले त्यस्तो करिश्मा देखाउन सकेन । यो फिल्मलाई दर्शकले मन पराएनन्, जसका कारण यो बक्स अफिसमा फ्लप साबित भयो ।

सम्राट पृथ्वीराज
यो लिस्टमा अक्षय कुमारको फिल्म सम्राट पृथ्वीराजको नाम पनि परेको छ । यो पिरियड ड्रामाबाट फिल्मका निर्माताले धेरै आशा राखेका थिए तर फिल्मले डेलिभर गर्न सकेन । यो १७५ करोडको लागतमा बनेको थियो, तर चन्द्रप्रकाश द्विवेदीद्वारा निर्देशित यस फिल्मले भारतीय बक्स अफिसमा ६५ करोड मात्र कमाउन सक्छ।

जीरो

शाहरुख खानलाई बलिउडको बादशाह भनिन्छ । उनका फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्छन् । तर, उनको फिल्म जिरो पनि बिग बजेट फ्लपको सूचीमा परेको छ । २०० करोडको बजेटमा बनेको यो फिल्म कमजोर कथाका कारण दर्शकले रुचाएनन् र बक्स अफिसमा १०० करोडको व्यापार पनि गर्न सकेन ।