काठमाडौ ।  चलचित्र विकास बोर्डका अध्यक्ष रहेका निर्माता भुवन केसी हालेको गाली बेइज्जती मुद्दा जितेपछि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले भावुक हुँदै प्रतिक्रिया दिएकी छन् ।

सत्यको जित भएको र आफू पहिलाजस्तै ढुक्कले सामान्य जीवनमा फर्किन पाएको उनले बताइन् ।

उनले भनिन्, ‘हामीले अन्ततः यो लडाइँ जितेका छौँ । अब म शान्तिको सास फेर्न सक्छु र जीवनमा फेरि अघि बढ्न सक्छु ।’

९ साउन २०७७ मा केसीले ले १० करोड रुपैयाँ क्षतिपूर्ति माग्दै गाली बेइज्जती मुद्दा दायर गरेको मुद्दामाथि हिजो सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश वासुदेव पौडेलको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको छ ।

यसबारे सामाजिक सञ्जालमार्फत भिडियो शेयर गर्दै साम्राज्ञीले तीन वर्षपछि आफूले न्याय पाएको बताइन् ।