काठमाडौं – अमेरिकाको ओहायो निवासी युवा गायक आशिष दियालीको सुमधुर स्वरमा सजिएको ‘कुराकानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। निनाद ब्याण्डको यस गीतमा संगीत रहेको छ।

यस गीतले प्रेमको सबैभन्दा सरल रूपलाई धेरै सरल तरिकामा परिभाषित गर्ने प्रयास गरेको छ। भिडियोमा हाम्रो दैनिक जीवनमा सम्बन्धमा भएका उतारचढावका साना साना घटनाहरूलाई रोचक तरिकाले देखाउने प्रयास गरेको छ। भिडियोमा मनिता सुन्दास, अशोक भुजेल र अनिता सुन्दासको अभिनय रहेको छ।

अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई अशोक भुजेलको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘शंकर फिल्म्स‘ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। यसअघि गायक दियालीले ‘म तिम्रै हु’ लगायत अन्य म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।