काठमाडौं । अभिनेता पल शाहलाई अतिथि बनाएपछि विवादमा परेको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द भएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘ह्वाट द फ्लप’ टेलिभिजनले कार्यक्रमको उत्पादन र प्रसारण रोकेको जनाएकाे छ ।

यो कार्यक्रम सन्दीप क्षेत्रीले होस्ट गर्दै आएका थिए ।

बलात्कार जस्तो विषयमा हाँसेको भन्दै क्षेत्रीको आलोचना भएको थियो ।