काठमाडौं – अमेरिका निवासी गीतकार डा. चन्द्र गिरीको शब्दमा रहेको ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियोलाई २ हप्तामा १० लाख बढी दर्शक स्रोताले हेरेका छन् । भिडियोमा १० हजार लाइक्स र २ हजार बढी सकारात्मक प्रतिक्रिया रहेको छ। भिडियोलाई मिडिया हाउस बाट समेत राम्रो साथ प्राप्त भएको छ।
गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन रहेको छ। गम्भीर विष्टको कोरियोग्राफी एवं निर्देशनमा रहेको भिडियोमा स्वयम् निर्देशक विष्ट र अनिषा ओलीको मुख्य अभिनय रहेको छ। भिडियोमा गीतकार डा. चन्द्र गिरी, तेजश्वी गिरी, विनिता राई र साजन पाख्रिनलाई पनि अतिथि कलाकारको रुपमा देख्न सकिन्छ।
भिडियोमा दिनेश पराजुलीको छायाँकन र नवीन निरौलाको सम्पादन रहेको छ। म्युजिक भिडियो गीतकार गिरीकै अफिसिएल युट्युब च्यानल ‘Rupantara Music‘ मार्फत सार्वजनिक भएको छ। भिडियो टिकटकमा समेत दर्शक स्रोतामाझ निकै भाइरल भैरहेको छ।








