काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारको काण्डै काण्ड मच्चाएको आरोप लगाएका छन्।
मंगलबार सामाजीक संजालमा लेख्दै उनले एमालेकाे सरकार हुँदा काण्डै काण्ड मच्चएकाे दावी गरेका छन ।
‘अहिले अरूले राम्रो काम गर्दा राजीनामा माग्ने एमालेले लोकलाज त माने हुने नि ? पहिला प्रचण्डको अहिले गृहमन्त्रीको राजीनामा मागेछ । आफू सरकारमा हुँदा काण्डै काण्ड मच्चाउने तर अहिले अरूले राम्रो काम गर्दा राजीनामा माग्ने एमालेले लोकलाज त माने हुने नि ?’ उनले भनेका छन्, ‘किन आफू सरकारमा छँदा जस्तै धादिङमा समातेको सुन काठमाडौं पुग्दा पित्तल बनाउनुपर्ने ? गृहमन्त्रीले राजीनामा किन दिनुपर्ने ? हजुरहरूसँग जवाफ छ ?’







