काठमाडौं – ‘नदेख्दा तिमीलाई’ बोलको म्युजिक भिडियोलाई ३ हप्तामा १० लाख बढी दर्शक स्रोताले हेरेका छन् । भिडियोमा ७ हजार लाइक्स र १०० बढी सकारात्मक प्रतिक्रिया रहेको छ। भिडियोलाई मिडिया हाउस बाट समेत राम्रो साथ प्राप्त भएको छ।
गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वरमा सजिएको यस गीतमा शब्द डि.पी खनालको रहेको छ भने संगीत नबिन कार्कीको रहेको छ। गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका केकी अधिकारी र रञ्जन कोइराला बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। रशिका कोइरालाको प्रस्तुति रहेको यस भिडियोलाई राजिव समरको निर्देशनमा तयार पारिएको हो। नरेश कोइराला निर्माता रहेको यस गीतको भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।








