काठमाडौं – अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फेरि एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। ‘पियार’ बोलको म्युजिक भिडियोमा उनीहरु एकसाथ देखिएका हुन्। युवा पुस्ताका २ जना गायक गायिका जनक ताम्राकार र निखिता थापाको यस गीतमा युगल गायन रहेको छ।
हृदय स्पर्शी यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ। उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियोको निर्मात्री दिलु गुरुङ हुन्।
भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार‘ मार्फत सार्वजनिक भएको हो। यसअघि मल्लिका र अनुज अभिनित ‘नौडाँडा पारी २’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ। नयाँ म्युजिक भिडियो मोडल गुरुङको जन्मदिनको शुभअवसर पारेर सार्वजनिक गरिएको हो।








