काठमाडौं । अभिनेता सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ ।

डिजिटल फरेन्सिक ल्याबमा ताम्राकारको मोबाइल परीक्षण गर्दा उक्त सुसाइड नोट भेटिएको जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

यसअघि एक नायिकालाई जोडेर आत्महत्या दुरुत्साहनमा आकर्षित हुने ब्यहोराका समाचारहरू बाहिर आएका थिए।

प्रहरी स्रोतका अनुसार झन्डै एक पाना लामो नोटमा ताम्राकारले आफूलाई विवादमा नपार्न उल्लेख गर्दै सबै गल्ती आफ्नै भएको बताएका छन्। प्रहरीका अनुसार उनले लेखेका छन्- ‘ इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु, यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद।’