काठमाडौं । जनमत पार्टीको केन्द्रिय समिति बैठक काठमाडौंमा बसेको छ ।
बिहीवार काठमाडौंमा केन्द्रिय समिति, राजनीतिक समिति र केन्द्रिय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो । बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा रहेको छ ।
बैठकअघि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताउनु भयो । उहाँले संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषय रहेको पनि बताउनु भयो ।
अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनित गर्नुपर्ने सदस्यहरु, विभिन्न विभाग गठनको विषयमा पनि छलफल हुने बताउनु भयो ।







