सनी देओल आफ्नो अर्को फिल्म ‘गदर २’ को सुटिङको क्रममा महाराष्ट्रको अहमदनगरको एउटा गाउँको सडकमा बिहानै हिँडिरहेका थिए, जब उनको भेट गोरुगाडीमा चारा बोकेको मान्छेसँग भयो । गाउँका ती व्यक्तिले कुनै दिन अचानक बलिउड अभिनेतासँग भेट होला भनेर कल्पना पनि गरेका थिएनन् । त्यसैले सनी देओललाई देख्दा तिम्रो अनुहार अभिनेता सनी देओलसँग मिल्दोजुल्दो छ भने ।

भिडियोको सुरुमा एउटा बैलगाडी देखिन्छ, जसमा सवार व्यक्तिलाई कसैले के बोकेको छ भनी सोध्छन् । उनले पराल पशुका लागी लैजाने गरेको उनी बताउँछन् । यसपछि सनी देओलले ति किसानसँग हात मिलाउँदै सोध्छन्, कहाँ जाँदै हुनुहुन्छ ? त्यो व्यक्तिले एक नजर हेरेर तपाई सन्नी देओल जस्तो देखिनुहुन्छ भन्छन ।

सन्नी देओल भन्छन्, ‘हो, म हुँ। ती व्यक्तिले थप भने, ‘हामी तपाइँको भिडियो हेर्छौं। आफ्नो बुबाको भिडियो पनि हेरौँ।’ अभिनेताले आइतबार बिहान उक्त भिडियो शेयर गरेका थिए, जसमा झण्डै डेढ लाख लाइक आएको छ ।

हेर्नुहाेस भिडियाे