काठमाडौं – चर्चित अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र गायक अल्मोडा राना उप्रेती अभिनित बिल्कुलै नयाँ म्युजिक भिडियो  ‘चारकुने रुमाल’ सार्वजनिक भएको छ। यस गीतमा कृतिका श्रेष्ठको समेत अभिनय रहेको छ। सुरक्षा सेन्चुरी र अल्मोडा राना उप्रेतीको स्वर रहेको यस गीतमा टिका दहालको संगीत रहेको छ। गीतलाई प्रदिप पोख्रेलले रचेका हुन्। 

गीतमा स्वयम गायक उप्रेतीको संगीत संयोजन रहेको छ। रंगीत बल्लव उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘लिजेन्स इन्टरनेशनलको एजुकेशन’को सहयोग रहेको  यस गीतको भिडिलाई  गायक उप्रेतीको अफिसिएल युट्युव च्यानल  ‘अल्मोडा राना उप्रेती’ मार्फत सार्वजनिक भएको हो।  यो गीतको भाग – २ निकट भविष्यमा सार्वजनिक गरिने निर्माण टिमले बताएको छ।