फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक गरिएको छ ।
मंगलवार अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर युट्युबमार्फत टिजर सार्वजनिक गरिएको हो ।
‘पशुपति प्रसाद’को पात्र ‘भष्मे डन’माथि केन्द्रित रहेर ‘पशुपति प्रसाद २ : भष्मे डन’ निर्माण गरिएको हो ।
खगेन्द्र लामिछाने फिल्मका लेखक एवं निर्माता हुन् ।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्ममा विपिनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, रवीन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतको अभिनय छ ।
आगामी दशैँमा यो फिल्म प्रदर्शनमा आउनेछ ।
(भिडियाे)







