काठमाडौं – गायक जनक ताम्राकार र गायिका निखिता थापाको युगल गायन रहेको ‘पियार’ बोलको म्युजिक बोलको म्युजिक भिडियोलाई ४ हप्तामा १० लाख बढी दर्शक स्रोताले हेरेका छन् । भिडियोमा ७ हजार बढी लाइक्स र ४०० बढी सकारात्मक प्रतिक्रिया रहेको छ। भिडियोलाई मिडिया हाउस बाट समेत राम्रो साथ प्राप्त भएको छ।
हृदय स्पर्शी यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ। अभिनेत्री मल्लिका महत र अनुज गुरुङ अभिनित यस गीतको भिडियोलाई उत्तम हुमागाईले छायाँकन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।
भिडियोको निर्मात्री दिलु गुरुङ हुन्। भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार‘ मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियो सुनेर हेरेर प्रतिक्रिया दिने सबैलाई धन्यवाद व्यक्त गरेको छ।








