काठमाडौं । समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै छ । सभा १२ बजे हुने मोर्चाले जनाएको छ ।
सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नेछन् ।
असार ४ गते गठन भएको समाजवादी मोर्चाले देशभर संयुक्त सभा गर्दै आएको छ ।







