काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज (मंगलबार) बस्दै छ ।

बैठक शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको बताइएकाे छ ।

बैठकमा नेता कोइरालाले आफू पक्षबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यहरू र महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ ।

पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका थिए । पौडेल देउवा टिमबाट महामन्त्री लडेर पराजित भएका थिए ।