काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बिस्तारित बैठकमा नेताहरुले देशको समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् । 

बुधवार काठमाडौंमा बसेको बैठकले देशको समसामयिक राजनीतिक अवस्थामा पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भएको पार्टीका नेता जितेन्द्र सोनलले बताउनु भयो ।

उहाँले तल्लो इकाइसम्म आफ्नो भुमिका र संगठन बिस्तार गर्न सुधार र मजबुत बनाउने बारेमा छलफल भएको बताउनु भयो । 

नेता सोनलले बैठकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सबिस्तार छलफल भएको पनि बताउनु भयो ।