काठमाडौं । नेपालका चर्चित टिकटकर आयुषसिंह ठकुरीले पाकिस्तानी टिकटकर अलिजे जमालीसँग इन्गेजमेन्ट गरेका छन् ।
आयुषले शुक्रबार दुबईमा प्रेमिका अलिजेसँग इन्गेजमेन्ट गरेका हुन् ।
भिडियोमा एकअर्काले औंठी लगाइदिएको दृश्य देखिन्छ भने, जमालीका आफन्त पनि समारोहमा उपस्थित भएर नाचगान गरिरहेका छन् ।
आयुष र जमाली टिकटक लाइभबाट जोडिएका हुन् । पछिल्लो समय यी दुबैजना दुबईमा बस्दै आएका छन् ।







