काठमाडौं । नेपाली गायक मेनुका पौडेलले भारतीय टीभी रियालिटी शो इन्डियन आइडलमा दिएको प्रस्तुतिपछि ‘गोल्डेन माइक’ जितेकी छन् ।

उनले अडिसनका क्रममा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको गीत गाएकी थिइन् ।

त्यसपछि मेनुकाको सम्मानमा ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए ।

जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु खसाएका थिए ।

अडिसन राउण्डमा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाएकी मेनुकाको गायकीमा तीनै जज भक्कानिएका हुन ।