काठमाडौं - गायक बुद्ध राई र गायिका उषा गुरुङको आवाजमा रहेको ‘तिम्रो खुशी‘ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रबिन थापा मगरको शब्द र यलेन मगरको संगीतमा रहेको यो गीतको संगीत संयोजन सुबिन सेन्चुरिले गरेका हुन भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन।
स्टुडियो अकस्टिक नेपालमा रेकर्डिष्ट दिल सार्कीले रेकर्ड गरेको यो गीतको म्युजिक भिडियोको निर्देशन बिश्वजुङ माझीले गरेका हुन भने पवन सुस्लिङले छायांकन गरेका हुन। दिपा गर्बुजाले निर्माण गरेको यो गूतको म्युजिक भिडियोमा बिना राउत र रबिन थापा मगरको अभिनय रहेको छ।
पवन सुस्लिङले नै सम्पादन गरेको यो म्युजिक भिडियोमा आर्ट तथा श्रृङ्गार पक्षबाट सुबाश तिमिल्सिना, उदय माझी, रमेश कार्की र गणेश थापाको समेत महत्त्वपूर्ण भुमिका रहेको छ। ‘डि ३६० आर टि एम‘ नामको अफिसियल युट्युब च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो।








