काठमाडौं – ‘डश म्युजिक’को आधिकारिक च्यानल मार्फत हालै अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘मेरी सानी’ बोलको भिडियोमा एउटा प्रतिष्ठित मोटर कम्पनीका जागिरेले गाउँमा रहेकी आफ्नी सानीलाई सम्झिंदै गायक को गीत भित्र हराउंदै परिकल्पना गरेको सुन्दर र हृदय स्पर्शी कथा समेटिएको छ।
यस गीतमा गायक रविन लिम्बुको सुमधुर स्वर सुन्न सकिन्छ। गीतकार डि.पी खनाल र सदु खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माइल’को संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको छ। नेपाली चलचित्र क्षेत्रका अब्बल छांयाकार सौरभ लामाको छांयाकन तथा निर्देशन रहेको छ। म्युजिक भिडियोमा अर्जुन जिसीको सम्पादन तथा रेनिश फागोको रंग संयोजन रहेको छ।
भिडियोमा नायक आर्यन सिग्देल र मोडल रुबिना थापाबिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोलाई छोटो समयमा १ लाख ४२ हजार भिउज, ९ हजार लाइक्स र ५०० बढी सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। साथै मिडिया हाउस बाट समेत सकारात्मक साथ र प्रतिक्रिया प्राप्त भैरहेको छ।









