नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ ।

हिजो ८९ हजार रुपैया प्रतितोलामा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ८८ हजार ९ सयमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला ८८ हजार ४५० रुपैयामा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदि तोलाको १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।