नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँ पुगेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९५० रुपैयाँ पुगेको छ भने आज चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँ कायम छ ।