काठमाडौं– वर्तमान युवा पुस्ताको जीवनशैली र भविष्यको चाहनालाई समेटेर ‘जेनेरेशन’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतमा अष्ट्रेलियाको ब्रिस्बेनमा बस्दै आएकी गायिका हिमानी कानको स्वर छ । गीतमा बुलेट फ्लोको र्याप समावेश छ ।

महेश ज्ञवालीको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा उषा उप्रेती, विना राउत, श्रृष्टी खड्का, लोशिना लामिछाने, सोनिया महत्त, प्रिन्सिका श्रेष्ठ र अलिसा श्रेष्ठको अभिनय छ । सन्तोष राजबाहकको कोरियोग्राफी, वुद्द थापाको छायांकन, विकास दाहालको सम्पादन रहेको भिडियोलाई सशान कँडेलको निर्देशन छ ।