काठमाडौं– लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुतिमा गायिका निशा कँडेलको सुमधुर स्वरमा समावेश ‘पिरतीको खुल्ला आकाशमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा रमेश दहालको शब्द रहेको छ भने टिका दहालले गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।

अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन्। फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।