काठमाडौँ । आफ्ना हजुरबुवा वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाकै प्रेरणाले ‘मेरो कलिलो मन’ गीत बाट आफ्नो संगीतको यात्रालाई औपचारिकता दिएका प्रतिभाशाली युवा गायक आयुस्मान बिस्टले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘पोखरेली नानी’ सार्वजनिक गरेका छन्।

वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतमा कुशल कुमार खनालको शब्द रहेको छ । गीतमा संजीव बराइलीको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा युवा-युवतीबीचको प्रेम र आकर्षणको कथा भनिएको छ । भिडियोमा कुन्साङ बोम्जन, बिना राउत, दिक्षा रिसाल र स्वयम् गायक आयुस्मान बिस्टको अभिनय रहेको छ। सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ। पुष्पान्जली थापा बिस्ट निर्मात्री रहेको भिडियोलाई अनुप चापागाईको निर्देशनमा तयार पारिएको हो।

आफ्ना हजुबुवा वरिष्ठ गायक जगत मर्दन थापाको ‘माया लुकाइ लुक्दैन’ एल्बमको बिमोचन कार्यक्रममा गायक तथा गितारिस्टको रुपमा प्रस्तुत भएका बिस्टले गोपाल योन्जनको ७४औ जन्म जयन्तीको अवसरमा बिस २०७३सालमा ‘बनेको छ पहराले यो छाती मेरो’ बोलको गीतमा धमाकेदार प्रस्तुति दिएका थिए। २०७४ सालको कार्यक्रममा चेतन कार्कीको ‘कान्छी हे कान्छी’ गीतमा वान्स मोर प्रस्तुति दिएर उनले दर्शक स्रोताको मन जितेका थिए। बरिष्ठ गायक जगत मर्दन थापाको ‘म मक्किएको धुरी खाबो’ गीति एल्बमको बिमोचन कार्यक्रममा गायन तथा गितारिस्टको रुपमा धमकादार प्रस्तुतिले मन्त्र मुग्ध पार्न सफल भएका गायक बिस्टले सानै उमेरमा नविन के भट्टराई, दिपेश किशोर भट्टराई, संजीव सिंह लगायातका प्रतिष्ठित गायकहरुसग स्टेज सेयर गरिसकेका छन्। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई सुनेर,हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।