काठमाडौं – ‘खै त तिम्रो बुट्टे सारी’को सफलता पश्चात गायक प्रदिप लामाले आफ्नो अर्को नयाँ म्युजिक भिडियो ‘दार ठेकीको’ सार्वजनिक गरेका छन्। युगल गायनमा रहेको यस गीतमा गायिका पाल्मु शेर्पाको समेत स्वर रहेको छ।

सेलो बिटमा आधारित यस गीतमा जीवन बोम्जनको शब्द रहेको छ भने अमृत लामाको संगीत रहेको छ। जोगलाल लामाले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

भोटेकोशी गाउँपालिका वरपर छायांकन गरिएको यस भिडियोलाई प्रकाश वाइबा तामाङले खिचेका हुन्। राज किङ्ग वाइबाले कोरियोग्राफी गरेको यस भिडियोमा छोङ्गोपो रिञ्छेन शेर्पा र मिङ्ग्मर डोमा शेर्पा फिचर्ड छन्। रोशन फुबाको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। गायक लामाको च्यानल प्रदिप लामा अफिसिएल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

विगत ८ वर्ष देखि नेपाली संगीतमा सक्रिय गायक लामाले यसअघि २ वटा गीतिसंग्रह सार्वजनिक गरिसकेका छन्। मोहनी लाईदिउकि, मायाले बोलाको, हेलम्बु माथी, मायालुले, लगायतका गीतहरु स्रोता माझ लोकप्रिय छन्। गायक लामाले नेपाली बाहेक, टिबेटिन, तामाङ, ह्योल्मो, भाषामा पनि गीत सार्वजनिक गरिसकेका छन्।