८ बैशाख, काठमाडौं । वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले चुनावी गठबन्धन गरेका छन् । तालमेल अनुसार महानगरको प्रमुख एमालेबाट र उपप्रमुख लोसपाबाट उठ्ने भएका छन् ।

दुवै पार्टीका नेताहरुले आज बिहान वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी चुनावी गठबन्धन भएको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा एमालेका नेता रघुवीर महासेठ, लोसपाका नेता लक्ष्मणलाल कर्णलगायत सहभागी हुनुहुन्थ्यो । तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गर्नुभएको छ ।

सत्ता गठबन्धनको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी ९जसपा० र उपमेयर नेपाली कांग्रेसको भागमा परेको छ । तर यो तालमेलमा पर्साका कांग्रेस नेता तथा कार्यकर्ताले असंतुष्टि जनाएका छन् । वीरगञ्जको मेयर जसपालाई दिने गठबन्धनको निर्णयमाथि पुनर्विचार गर्न उनीहरुको आग्रह छ ।