११ बैशाख, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनका समयमा अप्रत्याशित घटना रोक्न सुरक्षा तयारीबारे जानकारी लिएका छन् । शनिवार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिएका हुन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको वैशाख ११ र १२ मा हुँदै छ ।

गृहमन्त्री खाँणले नेपाल प्रहरीको निर्वाचन सेल प्रमुख एआईजी सहकुल बहादुर थापा र सशस्त्र प्रहरी बलका डीआईजी चन्द्रप्रकाश गौतमसँग जानकारी लिएका हुन् । गृहमन्त्रीले सबै प्रदेशका प्रहरी प्रमुख र सशस्त्र प्रहरी बालका प्रमुखहरूसँग मनोनयनको सुरक्षा तयारीबारे कुरा गरेका छन् । गृहमन्त्री खाँणले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन निर्देशन दिएका छन् ।