१२ बैशाख, काठमाडौं । बाँझोपन महिलाहरुको लागि एक गम्भीर स्वास्थ्य समस्या हो । पछिल्लो समय बच्चा नभएको समस्या लिएर अस्पताल धाउने दम्पत्तिहरुको संख्या बढ्न थालेको छ । बाँझोपन महिलामा मात्रै हुने भन्ने धारण गलत रहेको चिकित्सकहरु बताउँछन् । बाँझोपन समस्या महिला र पुरुष दुवैमा देखिन सक्छ । बाँझोपनका कारण कति महिलाहरुले आर्थिक, सामाजिक, मनोवैज्ञानिकलगायत विभिन्न समस्या भोग्नु पर्ने हुन्छ । सामान्यतया दम्पतीले परिवार नियोजनको कुनै पनि साधनको प्रयोगविना शारीरिक सम्बन्ध राख्दा पनि एक वर्षसम्म बच्चा नभएको अवस्थालाई नै बाँझोपन भन्ने गरिन्छ । बाँझोपन प्राइमरी तथा सेकेन्डरी गरी दुई प्रकारका हुन्छन् । प्राइमरी बाँझोपनमा कहिले पनि बच्चा बसेकै हुँदैन भने सेकेन्डरीमा एकपटक बच्चा बसेर पनि अर्कोपटक बच्चा बसेको हुँदैन । बाँझोपनको समस्या महिला र पुरुष दुवैलाई हुन सक्छ । ५० पतिशत बाझोपन पुरुषको कारण हुने र ५० पतिशत महिलाको कारण बाझोपन हुने डा. रन्गिना लाइकगं बम बताउनुहुन्छ ।


किन हुन्छ पुरुषमा बाँझोपन ?
पुरुषहरुमा बिभिन्न कारणहरुले गर्दा बाँझोपनको समस्या देखिन सक्छ । शुक्रकीटको उत्पादन कम भएमा, वीर्यवाहिनी नलीमा ट्युमर वा यौनरोग संक्रमणका कारण बन्द भएमा सन्तान प्राप्तिमा असर पर्छ । शुक्राणुको ३ पार्ट हुन्छ घाँटी टाउको पुछर त्यसमा स्पिड जति हुनु पर्ने त्यसको मात्रा नपुगेमा बाझोपन हुन सक्ने डा. बताउनुहुन्छ ।अण्डकोषको राम्रो विकास नभएको, अप्रेसनका कारण शुक्रवाहिनी नलीमा असर परेको तथा शुक्रकीट कम उत्पादन भएको अवस्थामा पनि उपचार गरी बाँझोपनको समस्या हटाउन सकिन्छ । कहिलेकाहीँ भाइरस संक्रमणका कारण पनि अण्डकोष सुकेको हुन सक्छ । हाँडेरोग भाइरसका कारणले हुन्छ । यो रोग लागेको बेला भाइरस संक्रमण भई पेटको तल्लो भाग तथा अण्डकोष सुन्निने, दुख्ने हुन्छ र पछि अण्डकोष सुक्दै गई पहिलेको आकारभन्दा सानो हुन सक्छ । त्यसकारण हाँडेरोग भएको बेला अण्डकोष दुखेमा, सुन्निएमा तुरुन्तै डाक्टरलाई भेटिहाल्नुपर्ने उहाँको भनाई छ ।

किन हुन्छ महिलामा बाँझोपन ?

महिलामा बाँझोपन आउनुका मुख्य पाठेघरको बनावटीमा खराबी छ भने हुन सक्ने डा. रन्गिना लाइकगं बम बताउनुहुन्छ ।
कारणहरुमा डिम्बको विकास समयमै हुन नसक्नु, अनियमित महिनावारी, डिम्बवाहिनी नलीको विकास हुन नसक्नु तथा रोगका कारण साँघुरिनु वा टालिनु हुन् । समस्या आइसकेको अवस्थामा बेलैमा उपचार गरी सन्तान प्राप्त गर्न सकिन्छ । गर्भाधानका लागि मुख्य भूमिका खेल्ने अण्डको विकास समयमै नुहने समस्या बाँझोपनको प्रमुख कारणमध्ये हो । यसको पनि उपचार गरी समाधान गर्न सकिन्छ । असुरक्षित गर्भपतन पनि बाँझोपनको कारण बनिरहेकाले आवश्यक परेको बेला सुरक्षित तथा स्वीकृति प्राप्त संस्थामा गई गर्भपतन गराउनुपर्छ । असुरक्षित गर्भपतन गराउँदा अण्डवाहिनी नली टालिने, पाठेघरमा प्वाल पर्ने भई भविष्यमा गर्भ नै नरहने हुन सक्छ । यसबाहेक केही अज्ञात कारणहरु पनि हुन सक्छन् । सामान्यतः बाँझोपनको उपचार गरी सन्तान प्राप्त गर्न सकिन्छ तर उपचारमा ढिलाइ गर्नु हुँदैन र जथाभावी उपचार गराउनुभन्दा सम्बन्धित विशेषज्ञकहाँ नै परीक्षण तथा उपचार गराउनु उचित हने उहाँको भनाई छ । दम्पतीले परिवारनियोजनको कुनै पनि साधनको प्रयोगविना शारीरिक सम्बन्ध राख्दा पनि एक वर्षसम्म बच्चा नभएको अवस्थामा बाँझोपन विशेषज्ञलाई देखाउनुपर्ने डा. बताउनुहुन्छ ।

नेपालका पुरुष तथा महिलामा बाँझोपन देखिनुको एउटा कारण पोषणयुक्त खानाको कमी पनि हो । प्रजनन स्वास्थ्य राम्रो बनाउनका लागि पोषणयुक्त खानामा जोड दिनुपर्छ । पोषणयुक्त खाना भन्नाले मकै, कोदो, गहुँ, फापर, कर्कलो, विभिन्न हरिया साग र तरकारीहरु, फलफूल, पाकेको फर्सी, भटमास, दाल आदि गेडागुडी आदि हुन् । यसका साथै मासु, माछा, अण्डा दूध पनि पोषणयुक्त खाद्यवस्तु हुन् । साथै लागूपदार्थको दुव्र्यसन, धूमपान, मादकपदार्थको अधिक सेवन पनि बाँझोपनको कारक हो ।