१४ बैशाख, काठमाडौं । नेकपा एकिकृत समाजवादिबाट आउँदो स्थानिय निर्वाचन २०७९ वैशाख ३० मा हुने निर्वाचनमा कागेश्वरी मनोहरा नगरपालिकाको उपमेयर प्रत्यासि सरस्वति नेपालले उमेद्वारी दिनुभएको छ । समाजमा पिछडिएर रहेका वर्गहरुको हकहितका लागि पहल गर्ने प्रतिवद्धता सहित उमेद्वारी दिनुभएको हो।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ स्थित बसोवास रहेको र चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलमा २०३८ सालमा उहाँको जन्मिनु भएकी नेपाल बाल्यकाल देखि नैराजनिती क्षेत्रमा अग्रपंक्तिमा रहेर समाज विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । बुबा मेघनाथ दाहाल र आमा राधिका दाहालबाट उहाँको जन्म भएको थियो । उहाँ राजनैतिक क्षेत्रमा अग्रसर हुँदै सामाजिक कार्यहरु पनि गर्दै आउनु भएको छ ।

सरस्वती नेपाल एक आशालाग्दो नेतृत्व हुनुहुन्छ । उहाँको विचार सम्पूर्ण नागरिकलाई समान तरिकाले ब्यक्त गरिरहँदै उहाँले कृषक,महिला ,वृद्धा आदि क्षेत्रमा काम गर्नुभएको छ । उहाँले हालसम्म धेरै जनचेतना मुलक र रोजगारी मुलक कार्यक्रमहरु गर्दै आउनु भएको छ । उहाँ गरिब दुखिहरुको सेवामा हरदम खटिदै आउनुभएको छ । उपप्रमुखमा विजयी भई रहँदा न्यायिक समिति लगाएत विभिन्न समन्वय समितिमा बसेर निष्पक्ष भूमिका निर्वाह गर्ने दाबी गर्नुहुन्छ ।
त्यस्तै आफू निर्वाचित भएमा नगरपालिकाभर किसानका समस्यालाई समाधान गर्ने खेतबारीमा सिंचाईका सुविधा पुर्‍याउन, पहल गर्ने किसानलाई रासायनिक मल सहज रुपमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
आफूलाई निर्वाचित गराएमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधार बनाएर काम गर्ने बताउनुभयो ।