२१ वैशाख, काठमाण्डौ । नेपाली कांग्रेसले स्थानीय निर्वाचनको आसपासमा महाधिवेशन गर्ने तयारीमा रहेका भ्रातृ संस्थाको महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।

स्थानीय निर्वाचनका दौरान पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भन्दै भ्रातृ एवं शुभेच्छुक संस्थाको पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।